लागुऔषध कोकिनसहित चार विदेशी पक्राउ | Khabarhub Khabarhub

लागुऔषध कोकिनसहित चार विदेशी पक्राउ


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमडौं । चार किलो पाँच सय चार ग्राम लागुऔषध कोकिनसहित चार विदेशी नागरिक पक्राउ परेका छन् । उनीहरुलाई केही दिनको अन्तरमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको हो ।

तान्जानियन नागरिक ६८ वर्षीय डोनाल्ड ज्याक्सन, बोलिभियन नागरिक ३३ वर्षीया लवरा क्रज टिकोना, भेनेजुलियन नागरिक ३९ वर्षीय सिमोन एन्टेनियो र भारतीय नागरिक २७ वर्षीया लालरुत सेंगी पक्राउ परेको ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित होटलबाट डोनाल्डलाई एक किलो दुई सय छ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरिएको थियो । फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ वटा क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौँ आएको खुले पश्चात नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएकोमा थप ५९ क्याप्सुल निकालिएको उहाँले जानकारी दिनुभयो । डोनाल्डबाट जम्मा ७७ वटा क्याप्सुल (एक किलो दुई सय छ ग्राम) कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यसैगरी ब्राजिल हुँदै काठमाडौं आएकी लवरा क्रज टिकोनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाले प्रयोग गर्ने एक सय २१ वटा फेन्सी लुगामा भएका बटनभित्र लुकाइ राखिएको दुई किलो सय ग्राम कोकिनसहित जेठ ३० गते पक्राउ गरिएको आचार्यले जानकारी दिए ।

कतारएअरको उडानद्वारा नेपाल आएका सिमोनलाई काठमाडौँ महानगरपालिका–२६ स्थित होटलबाट ९२ वटा क्यासुलबाट एक किलो एक सय ९८ ग्राम कोकिनसहित असार ४ गते प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनले उक्त क्याप्सुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र ल्याएको खुल्न आएको छ । साथै उक्त कोकिनका क्याप्सुलहरू ‘डेलिभरी’ गर्ने क्रममा भारतका लालरुत सेंगीलाईसमेत सोही स्थानबाट पक्राउ गरिएको आज ब्यूरोले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सेंगीले उक्त कोकिनका क्याप्सुलहरू भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही अघि बढाइएको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ५५ बजे

दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै हेल्थ असिस्टेन्ट संघले दियो आन्दोलनको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट

विवादित २८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

काठमाडौं– डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित

अनिल अम्बानीको ७५ अर्ब भारतीय रुपैयाँको सम्पत्ति जफत

मुम्बई– भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी)

कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती 

काठमाडौं– नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस

राष्ट्रपतिसँग महासचिव गुटेरेसको भेट

काठमाडौं–  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने