विश्वकपमा दक्षिण अफ्रिकी भाग्य | Khabarhub Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकी भाग्य


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आइडन म्याकरम र हेन्रिक क्लासेनका कारण दक्षिण अफ्रिकी मध्यक्रमको ब्याटिङ विशेष नै हो। गएको एक वर्षको प्रदर्शन हेर्दा थुप्रै प्रतियोगितामा यो प्रदर्शन शानदार भए पनि यस चालु विश्वकपको पहिलो चरणमा त्यस्तो देखिएन। दक्षिण अफ्रिकाले पाएको चार वटै जित मध्यक्रम भन्दा बढी बलरको शानदार प्रदर्शनका कारण थियो।

दक्षिण अफ्रिका संसारकै अभागी टोली हो या महत्त्वपूर्ण समयमा विजय प्राप्त गर्न नसक्नु कमजोरी हो भन्ने बहस आफ्नो ठाउँमा होला। तर सत्य के हो भने दक्षिण अफ्रिका नै विश्व क्रिकेटको एउटा यस्तो शक्ति हो जसको प्रदर्शनको बारे कसैले पनि अनुमान गर्न सक्दैन। प्रतियोगिताको सुरुवातमा दाबेदारको रूपमा देखिने तर नसोचिएको समयमा हारको सामना गर्दे प्रतियोगिताबाट बाहिरिने सो टोलीका लागि ठुलो समस्या नै हो।

नेदरल्यान्ड्ससँग १२ रनमा चार विकेट गुमाएको दक्षिण अफ्रिकाले बङ्गलादेशसँग २३ रनमा चार विकेट गुमाएको थियो। दुवै खेलमा डेभिड मिलरले टोलीको उद्धार गरेका थिए।

चालु विश्वकपमा दक्षिण अफ्रिकाको उपस्थिति प्रमुख दाबेदार मध्य पक्कै थिएन। पहिलो चरणमा चार वटै खेल जितेको छ।  तर ती चार वटै खेलमा दक्षिणी अफ्रिकी शीर्ष क्रमका ब्याट्सम्यानको प्रदर्शन निराशा जनक थियो। एक वर्ष टी-२० का सबै भन्दा उत्कृष्ट बलर हेन्रीक क्लासेन सुरुवाती खेलमा असफल भए।

नेदरल्यान्ड्ससँग १२ रनमा चार विकेट गुमाएको दक्षिण अफ्रिकाले बङ्गलादेशसँग २३ रनमा चार विकेट गुमाएको थियो। दुवै खेलमा डेभिड मिलरले टोलीको उद्धार गरेका थिए।

योक्रम नेपालसँगको खेलमा पनि कायम नै रहेको हो। यसरी कमजोर ब्याटिङमा रहेको दक्षिण अफ्रिका एकाएक अमेरिकासँगको खेलमा छाएको हो। अमेरिकासँगको खेलमा ४ विकेटको क्षतीमा १९४ रनको योगफल खडा गरेको हो। सो खेलमा क्वीन्टन डी ककले ७४, तथा आइडम म्याकक्रमले ४६ रन प्रहार गरे।

दक्षिण अफ्रिकाको आगामी खेल इङ्गल्यान्ड र वेस्ट इन्डिजसँग हुनेछ। यी दुई खेलबाट नै सो टोलीको आगामी भविष्य तय हुनेछ।

दक्षिण अफ्रिकाको आगामी खेल इङ्गल्यान्ड र वेस्ट इन्डिजसँग हुनेछ। यी दुई खेलबाट नै सो टोलीको आगामी भविष्य तय हुनेछ।

पहिलो पटक घरेलु भूमिका भएको टी-२० विश्वमा नै दक्षिण अफ्रिका दुर्भाग्य शाली साबित भएको थियो। भारतसँग घरेलु भूमिमा भएको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिका पराजित भएको थियो। सो खेलमा १५३ रन जोडेको भारतको विरुद्धमा दक्षिण अफ्रिका ९ विकेटको क्षतिमा ११६ रन जोडेपछि रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो।

सन् २००९ मा भएको दोस्रो टी-२० विश्वकप प्रतियोगितामा पाकिस्तानले दक्षिण अफ्रिकालाई १५० रनको लक्ष्य दिएको थियो। सो साँघुरो लक्ष्य पाएको दक्षिण अफ्रिका १४२ रनमा सीमित भएको हो।

सन् २००९ मा भएको दोस्रो टी-२० विश्वकप प्रतियोगितामा पाकिस्तानले दक्षिण अफ्रिकालाई १५० रनको लक्ष्य दिएको थियो। सो साँघुरो लक्ष्य पाएको दक्षिण अफ्रिका १४२ रनमा सीमित भएको हो।

सो खेलमा हर्सल गीब्स र एबी डी भिलियर्स सस्तोमा आउट भएपछि ज्याक्स कालिस र जेपी डुमीनीले लामो पारी खेलेका थिए। कालीसले ५४ बलमा ६४ तथा डुमीनीले ३९ बलमा ४४ रन प्रहार गरेका थिए।

सन् २०१० मा भएको टी–२० विश्वकपमा भने दक्षिण अफ्रिका आश्चर्यजनक रूपले बाहिरिएको थियो। समूहमा इङ्गल्यान्ड, पाकिस्तान, न्युजील्यान्ड र दक्षिण अफ्रिका थिए। इङ्लिस टोलीले सबै खेलमा जीत हात पारेको थियो। पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो भने न्युजील्यान्डसँग पराजित भएको थियो। न्युजील्यान्डले दक्षिण अफ्रिकासँग हारको सामना गरेको थियो। यी तीन टोलीको अङ्क बराबर भए पनि रन रेटमा दक्षिण अफ्रिका पुछारमा रहँदै समूह चरणबाट नै बाहिरिएको थियो।

२०१२ मा पनि दक्षिण अफ्रिकाको भाग्य सुपर एटमा नै सकिएको थियो। सो प्रतियोगितामा सुपर एटका तीन वटै खेलमा दक्षिण अफ्रिका पराजित भएको थियो। सुपर एटको पहिलो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १३३ रनमा सीमित गरेको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकाले बनाएको १४६ रनको जवाफमा ब्याटिङ गरेको अस्ट्रेलियाले १७ दशमलव ४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। भारतसँगको खेलमा दक्षिण अफ्रिकी टोली एक रनले हारेको हो। १५३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५१ रनमा सीमित भएको हो।

सन् २०१४ मा भने दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गरेको थियो। सेमिफाइनलमा भारत ६ विकेटले विजयी भयो दक्षिण अफ्रिकाले बनाएको १७२ रनको जवाफमा ब्याटिङ गरेको भारत ५ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा १७४ रन जोडेको थियो।

सन् २०१५ मा सुपर १० को समूह एकको खेलबाट दक्षिण अफ्रिका बाहिरिएको थियो। पहिलो खेलमा इग्ङ्ल्यान्डको विरुद्धमा २२९ रन बनाएता पनि हारको सामना गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराएको हो। तेस्रो खेलमा वेस्ट इन्डिजसँग १२२ रनमा सीमित भएर पराजित सो टोलीले श्रीलङ्कालाई अन्तिम खेलमा सहजै हराए पनि अर्को चरणमा प्रवेश गर्न सकेन।

सन् २०२१ मा भने दक्षिण अफ्रिका साँच्चै अभागी साबित भयो। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। दक्षिण अफ्रिका समूहका चार खेलमा विजयी भयो। तर इंग्ल्यान्ड र अस्ट्रेलिया रन रेटमा दक्षिण अफ्रिकालाई पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेका थिए।

गत संस्करणमा नेदरल्यान्ड्सँग नै अप्रत्याशित पराजयको सामना गरेको दक्षिण अफ्रिका सुपर १२ बाट बाहिरिएको थियो।

चालु विश्वकपमा यस टोलीको प्रदर्शन अस्थिर छ। तथापि एउटा सत्य के हो भने सधैँ अस्थिर रहने यो टोलीको बलिङ उत्कृष्ट छ। ब्याटिङ सही लयमा आएमा पक्कै उपाधिमा धावा बोल्न सक्छ। स्रोतः क्रिक इन्फो, क्रिकबज

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ५८ बजे

‘नेपाल–चीन सम्बन्ध जनस्तरमा विस्तार आवश्यक’ 

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको

माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा

काठमाडौं– मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो शोक

जब मुसाको कानून बिरालोले लेख्छ…

छोरा : बुबा, आजदेखि मैले चुरोट खान छोडेँ बुबा :