६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो « Khabarhub

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्‍याउनका लागि पुनः निर्माण गरिएको अस्थायी घाटबाट राहत सामग्री आउन थालेको बताएको छ ।

सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही घाट हुँदै गाजा पुगेको थियो । यो एकै दिनमा घाटबाट गाजा पुग्ने सबैभन्दा ठूलो सहायता सामाग्री हो ।

अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो पियर स्थापना गरेको हो । तर, पछिल्लो समय तीव्र हावा र खराब मौसमका कारण यो घाट दस दिनदेखि सञ्चालन हुन सकेको थिएन ।

जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेशन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो घाटको प्रयोग बन्द गरेको थियो ।

इजरायली सेनाले आफ्नो सैन्य कारबाहीमा घाट वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो, जुन अझै पूरा भएको छैन ।

दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : १८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।