६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो « Khabarhub

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्‍याउनका लागि पुनः निर्माण गरिएको अस्थायी घाटबाट राहत सामग्री आउन थालेको बताएको छ ।

सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही घाट हुँदै गाजा पुगेको थियो । यो एकै दिनमा घाटबाट गाजा पुग्ने सबैभन्दा ठूलो सहायता सामाग्री हो ।

अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो पियर स्थापना गरेको हो । तर, पछिल्लो समय तीव्र हावा र खराब मौसमका कारण यो घाट दस दिनदेखि सञ्चालन हुन सकेको थिएन ।

जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेशन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो घाटको प्रयोग बन्द गरेको थियो ।

इजरायली सेनाले आफ्नो सैन्य कारबाहीमा घाट वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो, जुन अझै पूरा भएको छैन ।

दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : १८ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा