दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड « Khabarhub

दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले इंग्याण्डलाई १६४ रनको चुनौती दिएको छ ।

वेष्ट इण्डिजको सेन्ट लुसियास्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो।

उसका लागि क्विन्टन डे ककले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ६५ रन बनाए । उनले चार चौका र चार छक्का प्रहार गरे । त्यस्तै डेभिड मिलरले ४३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले १९ रन बनाए।

इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए । त्यस्त्ै स्पिनरद्वय मोइन अली र आदिल राशिदले १र१ विकेट लिए।

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच अहिलेसम्म ६ खेल भएको छ । जसमध्ये इंग्ल्याण्डले २ खेलमात्र जित हात पारेको छ भने बाँकी ४ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ३८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा