जङ्गली च्याउ खाएकी एक वृद्धाको मृत्यु | Khabarhub Khabarhub

जङ्गली च्याउ खाएकी एक वृद्धाको मृत्यु


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी एक वृद्धाको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । च्याउ खाएर बिरामी परेका चारजनाको अवस्था खतरामुक्त रहेको छ ।

५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : २२ बजे

जुवातास खेल्ने १२ जना नियन्त्रणमा

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा

पेस्तोलसहित एक जना पक्राउ

पाटन (ललितपुर)- ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं- काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज