उपप्रधानमन्त्री महासेठले गरे मुग्लिन–पोखरा सडक अनुगमन | Khabarhub Khabarhub

उपप्रधानमन्त्री महासेठले गरे मुग्लिन–पोखरा सडक अनुगमन


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दमौली– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज अनुगमन गरेका छन् ।

महासेठले मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका–१ डुम्रेसम्म अनुगमन गरेका हुन् । 

त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिए । उनले पूर्वी खण्डको म्याद सकिएर पुनः थप भएकाले थपिएको म्यादभित्रै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सुझाव दिए। 

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पौडेलले आँबुखैरेनीदेखि जामुनेसम्म ६२ प्रतिशत प्रगति भएको जानकारी दिए। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

 पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ । 

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ३६ बजे

ओलीको तिखो टिप्पणी : यो हाहुको सरकार हो, २-३ हजार केटाकेटीले डिस्कर्डमा भोट गरेर बनाए

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की

 जेन-जी आन्दोलनबारे रास्वपाले भन्यो- अप्रत्याशित र आश्चर्यजनक दुवै होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलन शासकीय अनैतिकता र असक्षमताको

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छ : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस

पार्टी छोडेका नेता-कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी

भारी हिमपातका कारण मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ– मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ ।