पोर्चुगल युरोकपको अन्तिम १६ मा « Khabarhub

पोर्चुगल युरोकपको अन्तिम १६ मा


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।

पोर्चुगलका लागि  बर्नार्डो सिल्भा र  ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

खेलको २१औँ मिनेटमा सिल्भाले पोर्चुगलका लागि सुरुवाती गोल गरेका थिए । त्यसपछि २८औँ मिनेटमा टर्कीका डिफेन्डर समेट अकायदिनले आत्मघाती गोल गरेपछि पोर्चुगल २–० गोलले अगाडि बढ्यो ।

यस्तै, ५५औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई ३–० गोलको सानदार जित दिलाए ।

यो जितसँगै पोर्चुगल दुई खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, चेक रिपब्लिक र जर्जिया १–१ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र जर्जिया तथा टर्की र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि…
युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी

 

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : २७ बजे

कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो छैठौँ विकेट, गुलशन आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौँ विकेट

दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमा आक्रमण, पाँच सैनिकको मृत्यु

बैंकक– पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि भएको गोलाबारी

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी  

काठमाडौं– काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना व्यक्ति बेपत्ता

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म