बाथ मुटुरोग के हो ? बालबालिकामा यसको असर कस्तो हुन्छ ? | Khabarhub Khabarhub

बाथ मुटुरोग के हो ? बालबालिकामा यसको असर कस्तो हुन्छ ?


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

बालबालिकामा रुघाखोकी लाग्नु, ज्वरो आउनु, थुक निल्न गाह्रो हुनु, टन्सिल बढ्नु सामान्य समस्या हुन्। तर, यो सामान्य समस्या कहिलेकाहीँ असमान्य तथा जटिल भइदिन्छ। यस्तो समस्याले बालबालिकाको मुटुमा असर पार्छ। सामान्यतः पाँचदेखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुनसक्छ। यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउनसक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन्। यो ज्वरोलाई बाथज्वरो भनिन्छ। यस्तो ज्वरोले पछि गएर मुटुको भल्भमा समस्या ल्याउछ। जसलाई बाथ मुटुको रोग भनिन्छ। यो बालबालिकामा हुने मुटुसम्बन्धी आम समस्या रहेको चिकित्सक बताउँछन्।

तीन सय बालबालिकालाई बाथ मुटुरोग लाग्ने गरेकोमा त्यसमध्ये वार्षिक दश प्रतिशतको मृत्यु हुने गरेको अनुमान गरिएको छ।

नेपालमा हाल बाथ मुटु रोगबाट कति बिरामी प्रभावित छन् भन्ने यकिन तथ्यांक छैन। तर अहिलेसम्म ७५ हजार बढी बाथ मुटु रोगी भएको अनुमान गरिएको छ। त्यस्तै, तीन सय बालबालिकालाई बाथ मुटुरोग लाग्ने गरेकोमा त्यसमध्ये वार्षिक दश प्रतिशतको मृत्यु हुने गरेको अनुमान गरिएको छ। यो कस्तो रोग हो ? बाथ मुटु रोगले मुटुमा के कस्तो असर गर्छ ? यसबाट बच्नका लागि के गर्ने ? यिनै विषयमा केन्द्रित भएर शहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रविन्द्र सिम्खडासँग गरिएको कुराकानीः

बाथ मुटुरोग कस्तो रोग हो ?
बाथ मुटुरोग हाम्रो देशको आम समस्या हो। जुन बाथ ज्वरोका कारणले हुने गर्दछ। बाथ ज्वरो टन्सिलो फेरेञ्जाइटिस नामक एक विशेष प्रकारको जिवाणुले हुन्छ। यो विशेष गरेर बच्चालाई बढी नै देखिने गरेको छ। यो ब्याट्रेरियाले शरीरका विभिन्न भाग लगायत मुटुमा पनि असर गर्ने भएकाले त्यसलाई बाथ मुटुरोग भनिन्छ।

बाथ मुटुरोग हाम्रो देशको आम समस्या हो। जुन बाथ ज्वरोका कारणले हुने गर्दछ।

यो विशेष गरेर बालबालिकामा हुन्छ भन्नुभयो, बालबालिकामा ज्वरो सामान्य मानिन्छ बाथ ज्वरो र अन्य ज्वरोलाई कसरी छुट्याउने ?

हो यो छुट्याउन एकदमै गाह्रो छ। हामीकहाँ सामान्य घाँटी दुखाई त हो नि भनेर वास्ता नगर्ने प्रवृत्तिले बाथ मुटुरोग बढ्दो छ। घाँटीमा हुने टन्सीलसँगै उच्च ज्वरो आउने, घाँटी रातो हुने, इन्फेक्सन हुने लगायतका अन्य समस्या पनि भइरहेको छ भने शंका गर्न सकिन्छ। त्यस्तै कहिले काहीँ लामो समयसम्म टन्सिल भइरहँदा पनि विशेष किसिमका जाँचहरु गरेर पत्ता लगाउन सकिन्छ। त्यसैले टन्सिल भएर घाँटी दुखेको अवस्थालाई सामान्य रुपमा नलिएर कतै बाथ ज्वरो होकी भनेर समयमै जाँच गर्नुपर्छ। समयमा जाँच भएमा उपचार पनि गर्न सकिन्छ।

बाथ मुटुरोगले बालबालिका बाहेक ठुलो मान्छेलाई असर गर्छ कि गर्दैन ?
प्राय गरेर बालबालिकामा नै देखिन्छ। त्यसमा ५ देखि १५ वर्ष मुनिका बालबालिकामा यो रोगको जोखिम धेरै हुन्छ। त्यस्तै धेरै भीडभाड हुने ठाउँ तथा विकसित राष्ट्रको तुलनामा अविकसित राष्ट्रका बालबालिकामा यो रोग बढी देखिने गरेको छ।

बालबालिकामा जन्मजातै पनि मुटुरोग देखिने गरेका छन्, बाथ मुटुरोग जन्मजातै देखिने सम्भावना कति हुन्छ ?
विशेषतः यो आफैमा जन्मजातै देखिने रोगभन्दा फरक छ। जन्मिदै मुटु कमजोर भएका बालबालिकामा बाथ मुटुरोगको संक्रमण पनि त्यसैमा जोडिने सम्भावना रहन्छ। तर जन्मजातै लाग्ने रोग भने होइन।

बाथ ज्वरोले शरीरका विभिन्न भागमा असर गर्छ। तर मुटुमा यसले दीर्घकालीन असर पार्ने भएकाले मुटुका लागि अलि बढी नै घातक मानिन्छ।

बाथ मुटुरोगले मुटुमा के कस्ता असर गर्छ ?
बाथ ज्वरोले शरीरका विभिन्न भागमा असर गर्छ। तर मुटुमा यसले दीर्घकालीन असर पार्ने भएकाले मुटुका लागि अलि बढी नै घातक मानिन्छ। त्यो बाहेक यसले जोर्नी, स्नायु प्रणाली तथा छालामा पनि असर गर्छ। यसका अन्य असर केही समयपछि आफै निको भएर जान्छन् भने मुटुमा गर्ने असरले लामो समयसम्म दुःख दिन्छ। यसले मुटुका तीन वटै तहमा असर गर्छ। अझ विशेष गरेर भल्भमा यसले धेरै असर गर्छ। हाम्रो मुटुका चार वटा कोठाबाट रगत बाहिर जान र भित्र आउनका लागि ढोका जस्तै भल्भहरु हुन्छन्। ती भल्भलाई खुम्च्याउने अथवा भल्भ लिक हुने समस्या मुटु बाथ रोगले गराउँछ।

नेपालमा मुटु बाथ रोगको अवस्था के छ अहिले ?
नेपालमा हाल बाथ मुटु रोगबाट कति बिरामी प्रभावित छन् भन्ने तथ्यांक छैन। तर बालबालिका तथा १५ देखि २० वर्ष उमेरका धेरै किशोर किशोरीमा देखिने मुटुरोग भनेको बाथ मुटुरोग नै हो।

यसबाट बच्न के गर्ने ?
यस्ता रोगबाट बच्ने एक मात्र उपाय भनेको घाँटीको संक्रमण हुनबाट बचाउनु हो। घाँटीको संक्रमण भइसकेपछि पनि बाथ ज्वरो आउन नपाउँदै सुरुवाती अवस्थामै त्यसको उपचार गर्नुपर्छ। जसले गर्दा बाथ मुटुरोग गराउने सम्भावना कम हुन्छ। सावधानी अपनाउँदा अपनाउँदै पनि बाथ मुटुरोग लागिहाल्यो भने पनि त्यसको समयमै उपचार गर्नुपर्छ। समयमै अस्पताल पुगे थोरै खर्चमा यसलाई निको पार्न सकिन्छ। बाथ मुटुरोग लाग्यो र समयमै उपचार गराइएन भने पछि गएर त्यसको उपचार धेरै खर्चिलो हुनजान्छ। जस्तै उदाहरणका लागि मुटुको भल्भ नै फेर्नुपर्ने, फुलाउनुपर्ने अवस्था आउन सक्छ। अथवा त्यसकै कारण मुटु कमजोर भएर काम गर्ने क्षमतामा ह्रास आउने र यसको उपचार नै नहुने अवस्था आउनसक्छ र त्यसैले यसबाट बच्नका लागि घाँटीको संक्रमण तथा बाथ ज्वरोबाट बच्न एकदमै आवश्यक छ।

नसर्ने रोगको प्रकोप बढ्दो छ, त्यसमा मुटुसम्बन्धी रोगहरु पनि समावेश छन्, मुटुरोग प्रति सचेतना कत्तिको छ अहिले ?
प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो प्रयोग, विभिन्न सञ्चार क्षेत्र तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण विगतको तुलनामा सचेतना अहिले बढेको छ। अहिले मान्छेहरु साधारण अवस्थामा पनि अस्पताल जाने र उपचार गर्ने काम गरिरहेका छन्। तर पनि अझै यसलाई बढाउनु जरुरी छ। जसका लागि विभिन्न विद्यालय तथा भीडभाड हुने क्षेत्रहरुमा स्क्रिनिङ टेष्टहरु गर्ने जस्ता कार्यक्रम गर्दा बाथ मुटुरोग जस्ता समस्याको समयमै सम्बोधन गर्न सकिन्छ।

सबैभन्दा ठूलो कुरा जनचेतना हो। जस्तै टन्सिल भयो भने यसलाई सामान्य रुपमा नलिई बाथ ज्वरो होकी भनेर जानकारी राखेर उपचार गर्नुपर्छ।

बाथ मुटुरोग लगायत मुटुसँग सम्बन्धित रोगबाट बच्न के सुझाव दिनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा जनचेतना हो। जस्तै टन्सिल भयो भने यसलाई सामान्य रुपमा नलिई बाथ ज्वरो होकी भनेर जानकारी राखेर उपचार गर्नुपर्छ। त्यसका साथै मुटु दुख्ने, स्वाँ स्वाँ हुने, लगायत मुटुसँग सम्बन्धित केही लक्षण देखिए भने बाथ मुटुरोग हो कि होइन भनेर जाँच गर्नुपर्छ। त्यस्तै एकपटक बाथ मुटुरोग भएको मान्छेलाई फेरि दोहोरिने सम्भवना हुने भएकाले लामो समयसम्म औषधी खानुपर्ने हुनसक्छ। त्यसैले औषधी नियमित खाने र बेलाबेलामा चेकजाँच गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ४१ बजे

बाढी-पहिरोबाट तीन दिनभित्र ६६ जनाको मृत्यु, ७९ बेपत्ता, ललितपुरमा हताहत हुने सबैभन्दा धेरै

काठमाडौं- तीन दिनदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक

अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले

प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध

प्यूठान – प्यूठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत