जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता « Khabarhub

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभामा जसपा नेपालकी एक्ली सांसद अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका दुई जनाले भने अशोक राई नेतृत्वको जसपा रोजेका छन् र सरकारलाई समर्थन गरेका छन् ।

राई नेतृत्वको जसपाबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ । जसपा नेपालले समर्थन फिर्ता लिए पनि सरकारलाई ४७ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ३३ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७