अस्ट्रेलियालाई हराएपछि अफगानिस्तानमा उत्सव, सडकमा नाच्दै झुमे समर्थक | Khabarhub Khabarhub

अस्ट्रेलियालाई हराएपछि अफगानिस्तानमा उत्सव, सडकमा नाच्दै झुमे समर्थक


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काबुल- अमेरिका र वेस्टइन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पूर्वच्याम्पियन अस्ट्रेलियालाई पराजित गरेपछि अफगानिस्तानमा उत्सवको माहोल छ ।

तालिबानले शासन गरिरहेको अफगानिस्तामा अस्ट्रेलियाविरुद्धको जितमा आतिशबाजी गरिएको छ। उता ‘डिजे ब्राभो’ गीतमा खेलाडीदेखि सर्वसाधारण पनि झुमेका छन् ।

अफगानिस्तानले आइतबार गुलबदिन नायबको ४ विकेट मद्दतमा टी२० विश्व कप सुपर आठ चरणको भिडन्तमा आस्ट्रेलिया जस्तो बलियो टिमलाई २१ रनले हराउँदै ठूलो उलटफेर गरिदिएको छ ।

उसले यो उलटफेरका क्रममा आफ्नो क्रिकेट इतिहासमा एक अर्को सुनौलो अध्याय लेख्न सफल भएको छ । प्याट कमिनन्सले लगातार दोस्रो ह्याट्रिक विकेट लिए पनि त्यो फिका सावित भयो ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १४८ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाको टोली १९.२ ओभरमा १२७ रनमै अलआउट भयो ।


अन्तरराष्ट्रिय क्रिकेटमा अफगानिस्तानले आस्ट्रेलियालाई पहिलो पटक हराएको हो । यसका साथै अफगानिस्तानले गत वर्ष वान डे विश्वकपमा मुम्बईमा मिलेको हारको बदला पनि लिएको छ । त्यस समय ग्लेन म्याक्सवेलले अफगानिस्तानबाट जित खोसेका थिए । यस पटक पनि म्याक्सवेल नै चलेका थिए । तर नायबले उनको योजना तुहाइदिए ।

अस्ट्रेलियाविरुद्धको स्मरणीय जितपछि काबुलमा उत्सवको माहोल बनेको छ । मानिसहरू सडकमा निस्किएर खुसी मनाउँदा सडक ठप्प भएको छ ।

जता पनि नजर लगाउँदा मानिसहरू सडकमा देखिन्थे । टी२० विश्व कपमा अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको पहिलो जितको उत्सव मनाउँदा मानिसहरू हरेक सेकेन्ड आकाशमा आतिशबाजी गरिरहेका देखिन्थे । अफगानिस्तानको खोस्त प्रान्तबाट जारी एक भिडियोमा मानिसहरू अस्ट्रेलियाविरुद्धको जितको ठूलो उत्सव मनाइरहेको देख्न सकिन्छ ।

ड्रेसिङ रूममा उत्सव

अस्ट्रेलियाविरुद्ध ऐतिहासिक जितपछि अफगानिस्तानले खेलाडीहरूको ड्रेसिङ रूममा भव्य खुसियाली मनायो । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा राशिद खान र गुरबाजसमेत कयौँ खेलाडी झुमिरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : २८ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले