अस्ट्रेलियालाई हराएपछि अफगानिस्तानमा उत्सव, सडकमा नाच्दै झुमे समर्थक « Khabarhub

अस्ट्रेलियालाई हराएपछि अफगानिस्तानमा उत्सव, सडकमा नाच्दै झुमे समर्थक


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काबुल- अमेरिका र वेस्टइन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पूर्वच्याम्पियन अस्ट्रेलियालाई पराजित गरेपछि अफगानिस्तानमा उत्सवको माहोल छ ।

तालिबानले शासन गरिरहेको अफगानिस्तामा अस्ट्रेलियाविरुद्धको जितमा आतिशबाजी गरिएको छ। उता ‘डिजे ब्राभो’ गीतमा खेलाडीदेखि सर्वसाधारण पनि झुमेका छन् ।

अफगानिस्तानले आइतबार गुलबदिन नायबको ४ विकेट मद्दतमा टी२० विश्व कप सुपर आठ चरणको भिडन्तमा आस्ट्रेलिया जस्तो बलियो टिमलाई २१ रनले हराउँदै ठूलो उलटफेर गरिदिएको छ ।

उसले यो उलटफेरका क्रममा आफ्नो क्रिकेट इतिहासमा एक अर्को सुनौलो अध्याय लेख्न सफल भएको छ । प्याट कमिनन्सले लगातार दोस्रो ह्याट्रिक विकेट लिए पनि त्यो फिका सावित भयो ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १४८ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाको टोली १९.२ ओभरमा १२७ रनमै अलआउट भयो ।


अन्तरराष्ट्रिय क्रिकेटमा अफगानिस्तानले आस्ट्रेलियालाई पहिलो पटक हराएको हो । यसका साथै अफगानिस्तानले गत वर्ष वान डे विश्वकपमा मुम्बईमा मिलेको हारको बदला पनि लिएको छ । त्यस समय ग्लेन म्याक्सवेलले अफगानिस्तानबाट जित खोसेका थिए । यस पटक पनि म्याक्सवेल नै चलेका थिए । तर नायबले उनको योजना तुहाइदिए ।

अस्ट्रेलियाविरुद्धको स्मरणीय जितपछि काबुलमा उत्सवको माहोल बनेको छ । मानिसहरू सडकमा निस्किएर खुसी मनाउँदा सडक ठप्प भएको छ ।

जता पनि नजर लगाउँदा मानिसहरू सडकमा देखिन्थे । टी२० विश्व कपमा अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको पहिलो जितको उत्सव मनाउँदा मानिसहरू हरेक सेकेन्ड आकाशमा आतिशबाजी गरिरहेका देखिन्थे । अफगानिस्तानको खोस्त प्रान्तबाट जारी एक भिडियोमा मानिसहरू अस्ट्रेलियाविरुद्धको जितको ठूलो उत्सव मनाइरहेको देख्न सकिन्छ ।

ड्रेसिङ रूममा उत्सव

अस्ट्रेलियाविरुद्ध ऐतिहासिक जितपछि अफगानिस्तानले खेलाडीहरूको ड्रेसिङ रूममा भव्य खुसियाली मनायो । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा राशिद खान र गुरबाजसमेत कयौँ खेलाडी झुमिरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : २८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा