गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई « Khabarhub

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट कोशेढुङ्गा साबित हुने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको सो विषय उल्लेख गरे । ‘खानेपानीका लागि लाइनमा बस्न नपर्ने गरी समस्या समाधान गर्छौ, कम्मरमा गाग्री बोकेर पानी ल्याउनुपर्ने समस्या समाधान हुन्छ’ उनले भने ।

मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षतिपछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्बाट स्वीकृतीप्राप्त भइसकेको उनको भनाइ थियो । त्यसका लागि एसियाली विकास बैंकले करिब रु दुई अर्ब अनुदान सहयोग गर्ने पनि उनले बताए ।

सो आयोजनाको दोस्रो चरणअन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुर्याउने गरी योजना निर्माण भइरहेको उनले बताए । उनले याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको जानकारी दिए।

आगामी आर्थिक वर्षको बजेटमा बिनियोजित खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको उनको भनाइ थियो । मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालिन योजना मन्त्रालयले निर्माण गरिरहेको मन्त्री राईले उल्लेख गरे ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : ४४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका