वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती « Khabarhub

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८को महत्तवपूर्ण खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको चनौती दिएको छ। पुरै २० ओभर खेल्दै वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनाएको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा उनले ५२ रन बनाएका हुन्। काइल मेयर्सले ३५ रन जोडे। आन्द्रे रसेल १५ रनमा आउट हुँदा अल्जारी जोसेफले नटआउट ११ रन जोडे। दक्षिण अफ्रिकासामू वेस्ट इन्डिजका अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिएर तीन विकेट लिएका हुन्। मार्को जेन्सेन, एडेन मार्कराम, केशव महाराज, कागिसो रबाडाले एकएक विकेट हात पारे।

सुपर-८ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण छ। सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा सेमिफाइनलको ढोका बन्द हुनेछ। यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ। अर्को आयोजक राष्ट्र अमेरिका भने सुपर ८ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ०१ बजे

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल