निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा, निमित्तको जिम्मा गड्तौलालाई « Khabarhub

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा, निमित्तको जिम्मा गड्तौलालाई


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निलम्बित मुख्यसचि वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिव बनेकी हुन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : ५२ बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको