चिनियाँ उपविदेशमन्त्री काठमाडौंमा | Khabarhub Khabarhub

चिनियाँ उपविदेशमन्त्री काठमाडौंमा


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे ।

भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुने कार्यक्रम छ । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नेकार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी असार १२ गते काठमाडौँबाट प्रस्थान गर्ने छन्।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ३६ बजे

तीजले हाम्रो संस्कृतिक पहिचानलाई बजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुरले तीजले हाम्रो संस्कृतिक पहिचान

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका

तीजले महिलामा सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको