श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन माग « Khabarhub

श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन माग


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन सरकारसँग माग गरेकी छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले हाल नेपाली श्रमिकका लागि खाडी मुलुकहरूमा ८ घण्टाका लागि मात्रै गरिएको बिमा व्यवस्था सच्याएर २४ घण्टानै मिलाउन सरकारसँग माग गरेकी हुन् ।    

‘रोजगारीका लागि धेरैजसो नेपालीहरू खाडी मुलुकहरू जाने गरेका छन् । 

यी देशहरूमा दैनिक ८ घण्टा काम गर्ने समय तोकेर त्यति समयावधि भरका लागि मात्रै बिमाको व्यवस्था हुने गरेको छ,’ गौतमले भनिन्, ‘कामका लागि विदेश जानेहरूको हकमा लागू गरिएको बिमाका सर्तहरू सच्याई कम्पनीले जिम्मा लिएको अवधि अर्थात २४ घण्टा नै बिमाको व्यवस्था मिलाउन सभामुखज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

उनले प्रत्येक वर्ष कामका सिलसिलामा विदेशिनेको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको बताइन् । 

‘प्रत्येक दिन सरदर ४ जनाको शव बाकसमा भित्री रहेको यथार्थ छ । १५ वर्षमा विदेशी श्रम गन्तव्य अर्थात् खाडी मुलुकहरुबाट मात्रै मृत्यु हुनेको संख्या ११ हजार ७६० रहेको छ,’ गौतमले भनिन्, ‘विदेशमा मृत्यु भइ क्षतिपूर्ति पाउने पर्ने न्युनतम अधिकार हो । मृत्यु भएको सङ्ख्यामा जम्मा २२०० श्रमिकका परिवारले मात्रै क्षतिपूर्ति पाएका छन् भने बाँकी ८१ प्रतिशत परिवार यो अधिकारबाट वञ्चित छन् । मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन गम्भीरतापूर्वक पहलकदमी गर्न पनि सरकारसँग माग गर्दछु ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ३९ बजे

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ