आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ११ गते मंगलबार तदनुसार सन् २०२४ जुन २५ तारिख। असार कृष्ण पक्षको चतुर्थी तिथि। मंगल चौथी। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : खुशी मिल्नेछ। यसअघि विवादमा रहेका काम बन्नेछ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

मिथुन : अरुलाई तर्साएर आफ्नो काम बन्नेछ। दिन रमाइलोसँग बित्नेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।
परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीहरुले सहयोग गर्नेछन्।

कर्कट : बन्न लागेका काममा अवरोध सिर्जना हुनेछ। विपक्षी सक्रिय भएकाले साथीलाई विश्वास नगर्नु राम्रो हुन्छ। परिवारको विश्वास गुमाउनुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

सिंह : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। लगानीका क्षेत्रबाट नाम र दाम प्राप्त हुनेछ। न्यायको क्षेत्रमा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। श्रमको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : तपाईंले गरेको प्रयास सफल बन्नेछ। व्यापारमा नाफा हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारले सहयोग गर्ने दिन छ। श्रमको मूल्य प्राप्त हुनेछ। सामाजिक सेवातर्फ मन जानेछ।

तुला : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। नाम, दाम र सम्मान एकसाथ प्राप्त हुनेछ। राम्रो कामको चर्चा हुनेछ। राजनीतिमा सक्रिय बन्ने योग छ। परिवारको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

वृश्चिक : लाभ र हानी बराबर हुने दिन छ। समाजसेवामा रमाउने योग छ। लगानीको क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : नयाँ कामको थालनी हुनेछ। मनमा उत्साह बढ्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। सहयोगीबाट आश्वासन प्राप्त हुनेछन्। आजको लगानीले दीर्घकालीन योजना बन्नेछन्।

मकर : मन अशान्त हुनेछ। व्यावहारमा झन्झट आइपर्नेछ। धन खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन गएका दिन सहज बन्नेछ। परिवारसँग तनाव हुने देखिन्छ। जन्मुण्डली देखाएर त्यही अनुसार कुनै कामको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : शनिदेवको छाया योग चल्दै छ। तर शुभ ग्रह तपाईंको पक्षमा रहेकाले मनमा उत्साह बढ्नेछ। स्वदेशमै गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको छलफलबाट गरेको काम सफल बन्नेछ।

मीन : नयाँ कामको सुरुवात हुनेछ। सुन्दर बन्न मन लाग्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : ०२ बजे

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश

यार्सागुम्बा संकलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

गोरखा– यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर

‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’ 

एजेन्सी– युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको