बाइडेन–मोदी टेलिफोन कुराकानी : भारतले ढाँट्यो कि अमेरिकाले ? « Khabarhub

बाइडेन–मोदी टेलिफोन कुराकानी : भारतले ढाँट्यो कि अमेरिकाले ?


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत सोमबार टेलिफोन कुराकानीले नयाँ तनाव निम्त्याएको छ ।

कोटासुधार आन्दोलनबाट सत्तापलट नै भएको बङ्गलादेश मामिलामा कुराकानी भए/नभएबारे दुबै देशले फरक फरक जानकारी दिएका छन् । बाइडेनसँगको टेलिफोन कुराकानीबारे मुख्यतः भारतले जारी गरेको विज्ञप्तिका कारण दिल्लीमा तनाव बढेको हो ।

कोटासुधार आन्दोलनअघि र हाल अमेरिका र भारतसँग बङ्गलादेशको सम्बन्ध ठीक उल्टो भएको छ । स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा अध्यावधिक भएकी त्यहाँकी प्रधानमन्त्री शेख हसिना विद्यार्थी आन्दोलनसामू परास्त भइ देश छाडेर साउन २१ गते भारत पुगेकी थिइन् । भारत पुगेकी हसिनाले बंगालको खाडीको सेन्ट मार्टिन टापुमा अमेरिकालाई सेना राख्न नदिँदा आन्दोलन उरालेर आफूलाई सत्ताच्युत गराइएको तर्क दिएकी थिइन् ।

उता, बङ्गलादेशमा विद्यार्थी आन्दोलनपछि गठित अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस भारतलाई रुचाउँदैनन् । बङ्गलादेशमा लोकतन्त्र हनन गर्न भारतले शेख हसिनालाई सघाउने गरेको उनले बताउने गरेका छन् । उनी पश्चिमाप्रति नरम देखिन्छन् ।

यस्तो आन्तरिक र भूराजनीतिक टकरावमा रहेको बङ्गलादेशबारे भारतले बाइडेनसँग कुरा गरेको विज्ञप्ति जारी गरेको थियो । तर, अमेरिकी पक्षबाट जारी विज्ञप्तिमा बङ्गलादेश मामिलामा कुराकानी भएकोबारे कुनै विषय उल्लेख छैन ।

टेलिफोन कुराकानीबारे फरक–फरक व्यहोरा आएपछि भारतले अमेरिकी विज्ञप्तिमा बङ्गलादेशको विषय उल्लेख नहुनुमा जानकारी अभाव भएको तर्क दिएको छ ।

त्यहाँको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले छिमेकी देशमा भएको राजनीतिक उथलपुथलबारे दुई नेताबीच विस्तृतमा कुराकानी भएको दाबी गरे । उनले दुई नेताबीच फोनमा भएको कुराकानीबारे हरेक शब्द नापतौल गरी आपसी सहमतिमा विज्ञप्ति जारी नहुने तर्क गरे ।

बीबीसीका अनुसार मोदीका तर्फबाट जारी विज्ञप्ति ‘बढाइचढाइ गरिएको’ भन्दै भारतमै विरोध भइरहेको छ । केही पक्षले चाहिँ अमेरिकाले भारतका अल्पसङ्ख्यकको मात्रै कुरा गर्ने गरेको, तर बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दुहरूबारे कुरा गर्न नचाहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ०७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद