गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै « Khabarhub

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा परेको इलाकामा चलिरहेको युद्धमा औसतमा १० बालबालिकाले आफ्नो एक वा दुवै खुट्टा गुमाइरहेको बताएका छन्‌ ।

“मूलतः हामीसँग हरेक दिन औसतमा एक वा दुई खुट्टा गुमाउने १० जना बालबालिका छन्”, युएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले भने ।

यी सङ्ख्याहरूमा हात वा पाखुरा गुमाएका बालबालिकाहरू समावेश गरिएको नगरिएको उनले बताए ।

इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै गाजामा थालेको पछिल्लो आक्रमणमा हालसम्म ३७ हजार ६०० नागरिकको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । अस्पताल र राहत शिविरहरूमा समेत इजरायलले बम बर्साइरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १० : ३२ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि