लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता « Khabarhub

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् ।पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

अहिले प्रहरी टोली घटनास्थलमा उद्धारका लागि जाँदै छ । रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् ।

क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गएराति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उनले जानकारी दिए ।

स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : २४ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी