असान्ज रिहा भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त « Khabarhub

असान्ज रिहा भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी संघर्ष समाप्त भएकोमा खुसी व्यक्त गरेका छन् । 

अमेरिकाको सपुर्दगीविरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्श जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृह देश अष्ट्रेलिया फर्कने भएका हुन् ।  

अष्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सूचना प्राप्त र प्रसार गरेको अभियोग लगाइएको थियो ।  

‘म अत्यन्त खुसी छु । यो परिणाम अत्यधिक अष्ट्रेलियालीहरूले हेर्न चाहेको म विश्वास गर्दछु । असान्जको सङ्लग्नता र गतिविधिको बारेमा सबैको फरक–फरक विचार छन् तर यो लामो गाथाको अन्त्य भएकोमा र आफ्नो परिवारसँग पुनर्मिलन गर्न सक्षम भएकोमा खुसी हुनेछन्,’ प्रधानमन्त्री अल्बानिजले संसदमा भने। 

अपिल सम्झौता अनुरूप बुधबार प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना आइल्याण्डको अदालतले असान्जलाई षडयन्त्रसम्बन्धी एउटा मात्र मुद्दामा दोषी ठहर गरेको र तत्काल रिहा गर्ने आदेश दिएको छ। उनलाई अदालत पहिले नै जेलमा बिताइसकेको अवधिको सजाय सुनाएको हो । अदालतको फैसलापछि उनी स्वतन्त्र रुपमा आफ्नो देश फर्कन सक्नेछन् ।

‘असान्जको मुद्दाको समाधान धैर्य र दृढ कामको परिणाम हो र यस कामप्रति म गर्व गर्छु’अल्बानिजले भने। 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १२ : २६ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका