सिरहाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद « Khabarhub

सिरहाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

सिरहा सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

हिजो राती १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो ।

बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र  सोफी ब्राण्डको ६० कार्टुन रहेको छ ।

मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समुह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करिब १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ । 

बरामद मदिरा तथा साइकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ५ : ४७ बजे

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित