प्रभु बैंक र मुस्ताङका होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता  « Khabarhub

प्रभु बैंक र मुस्ताङका होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकका कर्मचारीहरू तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा छुट दिने सम्झौता भएको छ ।

बुधबार छुट्टाछुट्टै समारोहका बिच भएको सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख-शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीका लागि आवास तथा खानामा १० प्रतिशत सम्मका छुटहरू प्राप्त गर्न सकिने  बैंकले जनाएको  छ ।

सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ : 

मुस्ताङको युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सामबाला, मुक्तिनाथ होटल सनराइज, होटल मन्डला, होटल त्रिवाटीका, इको हिल रिसोर्ट, होलिडे क्याम्प, लुम्बिनी एण्ड रेष्टुरेन्ट, सी यू लजलगायत छन् ।

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ४५ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’