टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने « Khabarhub

टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख विनियोजन गरेको छ ।

चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १० : २१ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही