बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष « Khabarhub

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ ।

बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यो रकमले त्यस्ता बालबालिकाको अध्ययन तथा अन्य कार्यका लागि सहयोग पुग्नेछ । कार्यविधि बनाएर बच्चाको नाममा खाता खोलेर रकम जम्मा गरिनेछ ।’

त्यसका लागि बच्चा ऋषिङ गाउँपालिकाभित्रकै स्वास्थ्यसंस्थामा जन्मिएको हुनुपर्ने प्रावधान राखिएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले जाँच गराएको र प्रसूति गराएपछि जन्मिने बच्चाको हकमा यो प्रावधान लागु हुने उनको भनाइ छ ।

गाउँपालिकाले विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा, संस्थागत प्रसुतीलाई बढावा, नियमित गर्भजाँच गर्नेलाई पोषण उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए ।

बालबालिकालाई कुपोषणमुक्त बनाउन पोषण सेवा तथा सबै कार्यालयमा स्तनपानकक्ष स्थापना गरिने उनले जानकारी दिए ।

उनका अनुसार आगामी आर्थिक वर्षदेखि ‘उज्यालो ऋषिङ अभियान, खरको छानोमुक्त ऋषिङ, ऋषिङ फर्क अभियान, एक वडा एक उत्पादन, सासुसँगै बुहारी’ कार्यक्रमलाई सञ्चालन गरिने छ ।

साथै गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलब सामुदायिक विद्यालय सुधारमा खर्च गरिने छ । वार्षिक रुपमा एक महिनाको तलब अक्षयकोष स्थापना गरी त्यसमा दाखिला गरिने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १० : २८ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित