नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी  | Khabarhub Khabarhub

नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी 


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । 

साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता भने ऋणपत्र (डिबेन्चर)मा लगानी गर्न थालेका छन् ।

आज बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्ता फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।  

बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०.०९ अंकले, म्युचअल फण्ड ०.०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ । 

आज १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा बढी लाइफ इन्स्युरेन्स समूह बढी घटेको छ । लाइफ इन्स्युरेन्स समूह ९९.०१ अंकले घटेको छ । 

आज नेप्से परिसूचक २०५१.९२ अंकमा पुग्दा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । 

आज शेयर मूल्य बढेको १० मध्ये ८ वटा डिभेन्चर रहेका छन् भने घट्नेमा हाइड्रो, म्युचुअल फन्ड, फाइनान्स र लघुवित्त रहेका छन् । 

आज १० प्रतिशतले घटेको नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । बिहीबार नेपाल फायनान्सको २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी शेयर कित्ता हिमालयन पुनर्बीमा कम्पनीको भएको छ । हिमालयको आज एकै दिन ४ लाख २ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ ।

आज ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५० हजार २८१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ३ : २९ बजे

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय