टाइगर श्राफले उठाए २ सय किलो वजन, सबै चकित | Khabarhub Khabarhub

टाइगर श्राफले उठाए २ सय किलो वजन, सबै चकित


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका एक्सन स्टार टाइगर श्राफले आइनबार एक भिडियो शेयर गरे । भिडियोमा उनी जिम गरिरहेका देखिन्छन् । जिमका दौरान उनले २ सय किलो तौल उठाए ।

टाइगरले शेयर गरेको यो भिडियोले सबैलाई चकित बनाएको छ । कलाकार ईशान खट्टरले पनि टाइगरको तारिफ गरेका छन् । उनले त अझ टाइगरलाई सुपर ह्युमन भनेका छन् ।

टाइगर आफ्नो फिटनेसमा खुबै ख्याल गर्छन् । उनी आफूलाई फिट राख्न कडा मेहनत गर्छन् । उनको फिट बडीका कैयन् फ्यान छन् ।

सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा टाइगरले लेखेका छन्, आफैले आफैलाई यो हदसम्म पु–याएको लामो समय भयो ।

टाइगरको यो भिडियोलाई लाखौँ फ्यानले हेरेका छन् । धेरैले फ्यानले उनको तारिफ गरेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा पछिल्लो समय टाइगर ‘स्टुडेन्ट अफ द इयर २’ मा देखिएका थिए । तर यो फिल्मबाट उनले खासै तारिफ पाएनन् । उनी अभिनित फिल्म ‘वार’ रिलिजको क्रममा छ । फिल्ममा उनी ऋतिक रोशनसँगै देखिनेछन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०६ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।