ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १० हजार बढी घरबारविहीन « Khabarhub

ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १० हजार बढी घरबारविहीन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा लागेको भीषण आगलागीबाट दश हजारभन्दा धेरै घरबारविहीन भएका छन् ।

ढाकाको मीरपुर क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागीबाट तीन हजार भन्दा धेरै घर खरानी भएको थियो ।

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए । घटनामा कसैको ज्यान नगएपनि धेरै मासिनहरु घाइते भएको र १० हजारभन्दा धेरै घरबारविहीन भएको अधिकारीले जनाएका छन् ।

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरुको बसोबास रहेको जनाइएको छ । यद्यपि ईद मनाउन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

प्रशासनले आगलागीबारे अनुसन्धान गर्न ३ सदस्यीय समितिको गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिएको छ ।

बंगलादेशमा यस्ता आगलागीका घटनाका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १ सय ११ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : १९ बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।