दिनभरको कामले थकित हुनुहुन्छ ? फिटनेसका लागि यस्तो गर्नुस् « Khabarhub

दिनभरको कामले थकित हुनुहुन्छ ? फिटनेसका लागि यस्तो गर्नुस्


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यलयमा ७,८ घण्टासम्म लगातार काम गर्नुपर्दा तपाई थकित भएको महसुस गर्नुहुन्छ ? दिनभरी हुने भागदौड र कामको थकानका कारण कतिपयलाई रातमा समेत निद्रा नलाग्ने समस्या हुनसक्छ ।

तर जब तपाई राम्रोसँग निदाउनुहुन्छ तब निद्रासँगै तपाईमा रहेको तनाव पनि हराउँछ । तर केही व्यक्तिहरुलाई कामको तनाव आवश्यता भन्दा बढि पर्नसक्छ । यस्तो अवस्थामा तनाव कम गर्न के गर्ने ? हामी तपाईलाई कामको तनाव कम गर्ने उपायबारे जानकारी दिदैछौं ।

कामको तनाव कम गर्न यस्तो गर्नुस्

– खाली खुट्टा हिड्नुस्: घरवरपर हिड्नुपर्दा खाली खुट्टा हिड्ने बानी गर्नुभयो भने तपाईको रक्तसञ्चार प्रीक्रयामा सुधार हुन्छ । जसले तपाईलाई तनावबाट छुटकारा मिल्छ ।

–घरमा अफिसको कामको तनाव नलिनुस्: यदि तपाई घरमा पनि कार्यलयकै कामको विषयमा सोचेर बस्नुहुन्छ भने तपाईलाई तनाव हुन्छ । त्यसैले घरमा भएको समयमा घरको काम र पारिवारीक वातावरणमा रमाउन सकेमा कामको तनावबाट मुक्ति पाइन्छ ।

–अफिसबाट घर गएपछि शान्त वातावरणमा केही समय बस्नुस्: दिनभरी काम गरेर घर गएपछि हातमुख धोएर फ्रेस भएपछि कम्तिमा आधि घण्टाजती घरको शान्त वातावरण वा घरको सतमा समय विताउनस् । परिवार वा साथीहरुसँग कुराकानी गर्नुस् । यस्तो बानीले तपाईको कामको तनाव कम हुन्छ ।

–कार्यलयबाट घर गएर केही समय आरामा गर्नुस्: हरेक दिन कार्यलयबाट फर्किएपछि १५ देखि २० मिनेट सम्म शान्त वातावरणमा आरम गर्दा शरीरमा नयाँ उर्जा प्राप्त हुन्छ र तपाईको थकान कम हुन्छ ।

–बाथरुममा गीत गाउँदै नुहाउनुस्: कार्यलयबाट घर फर्किएपछि तपाई थकान महसुस गर्नुहुन्छ भने बाथरुममा गित गाउँदै नुहाउनस् । यस्तो बानीले तपाईको तनाव कम हुन्छ । नयाँ उर्जा मिल्छ ।

– धेरैथरी काम नगर्ने: एकैसमयमा धेरै थरी काम गर्ने, मोवाइल वा ल्यापटन चलाउदै घरको काम गर्ने, फोनमा कुरा गर्दै काम गर्ने बानी धेरैको हुन्छ । यस्तो बानीले तपाईको दिमागमा थकान अझै बढाउँछ । त्यसैले एउटै काममा मात्रै ध्यान दिदा उपयुक्त हुन्छ । आफुलाई चाहिने कुरा मात्रै सोच्ने बानीले तनाव कम हुन्छ ।

–आफ्नो बारेमा पनि सोच्नुस्: आफुलाई खुसी लाग्ने, रमाइलो अनुभव हुने कुराहरु सोच्नुस् । यस्तो बानीले तपाईमा भएको तनाव कम हुन्छ । मन र दिमाख दुवै स्वस्थ र खुसी लाख्छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : ५४ बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै