खेलकुदमन्त्री श्रेष्ठ दक्षिण कोरिया प्रस्थान « Khabarhub

खेलकुदमन्त्री श्रेष्ठ दक्षिण कोरिया प्रस्थान


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

उनी इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

लगानी सम्मेलनमा पिपिपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए । कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।

कोरियन स्पोर्टस एन्ड ओलम्पिक कमिटीसँगको छलफलमा आगामी एसियाली खेलकुदका लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ ।

यसैगरी मन्त्री श्रेष्ठले कोरियन नेसनल स्पोर्टस युनिभर्सिटीको भ्रमण तथा कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ यही असार २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : २३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको