कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान एरिजोनामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा कोस्टारिकालाई ३–० गोलले हराउँदै कोलम्बिया क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको हो ।

कोलम्बियाका लुइस डियाज, डेविसन सान्चेज र जोन कोर्डोबाले एक–एक गोल गरेका थिए ।

लुइसले खेलको ३१औँ मिनेटमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५९औँ मिनेटमा सान्चेज६२औँ मिनेटमा कोर्डोबाले गोल गर्दै कोलम्बियालाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै कोलम्बिया २ खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको कोस्टारिका १ अंकका साथ चौथो स्थानमा छ ।

समान खेलबाट दोस्रो स्थानमा रहेको ब्राजिलको २ अंक छ भने तेस्रो स्थानमा रहेको पारग्वेकोअंक छ ।

यसैबीच, समूह ‘डी’ मा रहेका ब्राजिल र पाराग्वेबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । क्वाटरफाइनलमा पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ०४ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्