कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान एरिजोनामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा कोस्टारिकालाई ३–० गोलले हराउँदै कोलम्बिया क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको हो ।

कोलम्बियाका लुइस डियाज, डेविसन सान्चेज र जोन कोर्डोबाले एक–एक गोल गरेका थिए ।

लुइसले खेलको ३१औँ मिनेटमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५९औँ मिनेटमा सान्चेज६२औँ मिनेटमा कोर्डोबाले गोल गर्दै कोलम्बियालाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै कोलम्बिया २ खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको कोस्टारिका १ अंकका साथ चौथो स्थानमा छ ।

समान खेलबाट दोस्रो स्थानमा रहेको ब्राजिलको २ अंक छ भने तेस्रो स्थानमा रहेको पारग्वेकोअंक छ ।

यसैबीच, समूह ‘डी’ मा रहेका ब्राजिल र पाराग्वेबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । क्वाटरफाइनलमा पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ०४ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र