गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल « Khabarhub

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा गुटबन्दी नहुने बताएका छन् ।

अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताए।

उनले भने ‘गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको छ, अब गुटबन्दी हुँदैन। हामीले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ ।’

भोलिबाट हुने पार्टीको दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । 

महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ।

 महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने समेत कुरा चलेको छ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ३ : २७ बजे

रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले

कीभ- रुससँग अबुधाबीमा वार्ता चलिरहँदा युक्रेनले चार वर्ष लामो युद्धका

कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकै

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन

दक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण

एजेन्सी – डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना