केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा राखिने « Khabarhub

केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा राखिने


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ ।

बुधवार, सीबीआईले रक्सी नीति सम्बन्धी कथित घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए ।

पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो। अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो । आज अर्थात शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो ।

केजरीवाललाई यसअघि मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा ईडीले गिरफ्तार गरेको थियो।

राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो। तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिएको थियो, त्यसपछि उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ०७ बजे

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना

कर्णाली तटबन्धको उचाइ बढाउन स्थानीयको माग

टीकापुर– कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ

के सरकारका अध्यादेश आजबाटै विपक्षी दलले निष्क्रिय गर्दिन सक्छन् ?

काठमाडौँ– सरकारले ल्याएका ८ वटा अध्यादेश विपक्षी दलले आजदेखि नै