पूर्व राजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ « Khabarhub

पूर्व राजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा अनुसन्धानका लागि सुरक्षागार्ड कान्छाराज तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो ।

उनको हत्या भएपछि अनुसन्धानका लागि प्रहरीले सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरेको थियो । सो अनुसन्धानका क्रममा कुनै प्रमाण फेला नपरेपछि उनीहरुलाई छाडिएको थियो ।

तर, तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीले तामाङलाई पुनः पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ७ : ३३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच