विराज भट्टको बाबु छोराको अभिनय रहेको फिल्म ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने  « Khabarhub

विराज भट्टको बाबु छोराको अभिनय रहेको फिल्म ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने 


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विराज भट्ट र उनका छोरा समीरको मुख्य अभिनय रहेको फिल्मको ‘१२ गाउँ’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । जसमा फिल्मको प्रदर्शन मिति यही दसैँलाई तोकिएको छ ।

पोस्टरमा समीर ‘एङ्ग्री’ युवाको भूमिकामा देखिएका छन् । उनले देब्रे हातमा खुकुरी बोकेका छन् । उनको यो डेब्यू फिल्म बन्ने पक्का भएको छ ।

निर्देशक विराजका अनुसार नेपालमा फिल्मको छायांकन पूरा भएको छ । एक एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने उनको भनाइ छ ।

यो फिल्ममा एक्सन-थ्रिलर जनरामा आधारित छ । यसैबाट अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दै छन् । उनीहरूसहित बिराज, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु),लगायतको अभिनय रहने बताइएको छ ।

बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कथा हो भने सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : १८ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच