पुडासैनी मृत्यु प्रकरणः अनुसन्धानका लागि सीआईबीको टोली पुग्यो चितवन « Khabarhub

पुडासैनी मृत्यु प्रकरणः अनुसन्धानका लागि सीआईबीको टोली पुग्यो चितवन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि चितवन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेका बेला घटना संवेदनशील भएको भन्दै सीआईबीको टोलीलाई पनि चितवन पठाइएको व्यूरोले जनाएको छ । सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मी नेतृत्वको टोली गएको छ ।

पुडासैनीले आत्यहत्या गर्नुपूर्व खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनामा अनुसन्धानका लागि भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेपछि रवि लामिछाने समर्थकले चितवनमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : १७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद