बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु « Khabarhub

बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दमक- झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ कमल गाउँपालिका-५ सावित्रा चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएको थियो। दुर्घटना हुँदा दुईजना घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिबार अपरान्ह उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

आचार्यको बिर्तामोडस्थित बीएन्डसी अस्पताल उपचारका क्रममा ज्यान गएको हो ।

अर्का घाइते त्यही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : ५० बजे

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको