कोरोना भाइरसविरुद्धको खोप ल्याइयो, कस्ता व्यक्तिले लगाउने ?  | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो, कस्ता व्यक्तिले लगाउने ? 


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस विरुद्धको खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए ।

नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।

उनले आजदेखि नियमित रूपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घ रोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने बताए ।

खोप ग्लोबल अलायन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ५१ बजे

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला