प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ पारित | Khabarhub Khabarhub

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ पारित


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए  ।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : २४ बजे

अर्थसंक्षेप : ठेकेदारलाई ४० अर्ब भुक्तानीको चिन्ता, शेयर बजारमा सुधारको संकेत 

काठमाडौं– सत्ता समीकरण परिवर्तनसँगै निर्माण व्यवसायी (ठेकेदार) हरूलाई राज्यबाट पाउनुपर्ने

दुई महिनामै संकटमा मुख्यमन्त्री सोडारी, एमालेले फिर्ता लियो समर्थन

धनगढी- नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार दुई

लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु 

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक

जम्बो कमिटीतिर एकीकृत समाजवादी- २९ पदाधिकारी, ३९९ जनाको केन्द्रीय समिति

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी

 कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

जनकपुरधाम– रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत