भारतको पश्चिम बंगालमा सडकमै कुटिइन् महिला, रमिते बन्यो भिड « Khabarhub

भारतको पश्चिम बंगालमा सडकमै कुटिइन् महिला, रमिते बन्यो भिड


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको पश्चिम बंगालमा एकजना महिलालाई सडकमै खुलेआम कुटपिट गरेको भिडियो भाइरल भएको छ ।

आइतबार भाइरल भएको उक्त भिडियो सामाजिक सञ्जालमा हाल्दै भारतीय जनता पार्टीका कार्यकर्ताहरू तृणमूल कांग्रेसकी नेतृ एवम् मुख्यमन्त्री ममता बेनर्जीलाई निशाना साँधेका छन् ।

भारतीय जनता पार्टीका नेताहरूलेसमेत उक्त भिडियो सेयर गर्दै पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी शासनको यो एक भयावह रुप भएको बताएका छन् ।

भिडियोमा भिडबीचमा एक महिला र एक पुरुषलाई जमिनमा लडाएर बारम्बार पिटेको देख्न सकिन्छ ।

यो कुटपिटमा संलग्न आरोपित ताजेमुलको रूप गरिएको छ । जसलाई स्थानीयबासी जेसीबी नामले बोलाउँछन् । ‘त्वरित न्याय’ दिने कुरामा यो समूहलाई जानिन्छ । यो समूहको नजरमा पुलिस-अदालतको कुनै हैसियत छैन । भाजपा आईटी सेल प्रमुख अमित मालवीयले दाबी गरेअनुसार कुटपिटमा संलग्न चोपराका विधायक हमिदुर रहमानका निकट हुन् ।

सन्देशखालीमा जनजातीय समाजका महिलाको यौन शोषण गर्ने शेख शाहजहाँ र उनका सदस्यलाई बचाउन बंगाल सरकारले दिन-रात एक गरिदिएको आरोप भाजपाको छ ।

भिडियोमा देखिएको घटना पश्चिम बंगालको उत्तर दिनाजपुरस्थित चोपराको लक्ष्मीकान्तपुरमा भएको बताइएको छ ।

‘राष्ट्रिय महिला आयोग’लाई पनि यसबारे अवगत गराइएको छ । पश्चिम बंगालमा इस्लामिक कट्टरपन्थीले चलाएको ‘कंगारू कोर्ट’ जस्तै घटनाको भिडियो आएपछि भारतमा नयाँ विवाद सुरु भएको छ । यसलाई लिएर राज्यको कानुन व्यवस्थामा पनि प्रश्न उठेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : २५ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि