प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेस गर्ने कार्यक्रम छ ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन् ।

अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : १६ बजे

हराउँदै कोदो, बढ्दै माग

तानसेन– यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती

आशिफले प्रहार गरे दोस्रो सिजनको एनपीएलमा पहिलो अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका

दलित समुदायको अधिकार तथा विकास व्यवस्था गर्ने विधेयक अघि बढाउन सरकारलाई निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित

सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा

दुर्गा प्रसाईँले भने- सरकारले बेवास्ता गर्‍यो, हाम्रो आन्दोलन रोकिँदैन 

काठमाडौं–  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले