राष्ट्रियसभा बैठक बस्दै, बजेटका शीर्षकमा मन्त्रालयगत छलफल हुने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, बजेटका शीर्षकमा मन्त्रालयगत छलफल हुने


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ ।

आज वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत छलफल हुनेछ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ३० बजे

दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस्

काठमाडौं- पछिल्लो समय अन्तरिम सरकारविरुद्ध आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंको

नागरिक हितार्थ तीन तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ,

नगरकोटबाट हिमाल हेर्दै मानिसहरू (तस्बिरहरू)

काठमाडौं– मौसम सफा भएसँगै अहिले उपत्यकाको विभिन्न स्थानमाबाट हिमश्रृङ्खला देखिन

गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा

नेपाली कम्युनिष्ट पार्टीमा जोडिए भीम रावल (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण