प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन « Khabarhub

प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकुद प्रतियोगिताका भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

प्रकाश दाहाल फाउन्डेसन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्‌घाटन गर्दै उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान  पुर्‍याउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले दिवंगत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए । 

प्रकाश दाहाल फाउन्डेसनकी अध्यक्ष विना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र  पुरुषलाई सम्मानस्वरूप एक थान मोटरसाइकल प्रदान गरिने बताए। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दिवंगत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताए। 

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडी प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : १० बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक