खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान « Khabarhub

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।

चालु आर्थिक वर्षमा कफी उत्पादक कृषकलाई समूहगत रुपमा रु २१ लाख अनुदान वितरण गरिएको उनले जानकारी दिए।

अध्यक्ष थिङका अनुसार पालिकाले सामूहिक उत्पादनमा जोड दिँदै कृषक समूह बनाएर १९ समूहलाई अनुदान वितरण गरेको छ । उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा उक्त सहकारीले रु चार लाख ६३ हजार ३३ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ ।

कफी खेतीबाट वार्षिक रु चार करोडको आम्दानी लिने गरेको कृषक बताउँछन् । पालिकामा कफी उत्पादनको सम्भावना भएकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नारालाई अघि सारेर प्रतिकेजी ३५ का दरले अनुदान दिँदै आएको अध्यक्ष थिङले बताए। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको छ । गत वर्ष रु सात लाख अनुदान वितरण गरिएको थियो ।

गृहिणी महिलालाई घरमा बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहिणी महिला सीपमूलक तालिम सम्पन्न गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित महिला सशक्तीकरण कार्यक्रममा साबुन र सरफ बनाउने तालिम दिइएको अध्यक्ष थिङले बताए।

वडा नं ५ र ६ का महिलालाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नं ४ मा अचार बनाउने तालिम आयोजना गरिएको पालिकाले जनाएको छ । जागरण नेपालको आयोजनामा भएको तालिममा वडा नं ५ र ६ का ५० र अचार बनाउने तालिममा २५ जना महिलाको सहभागिता थियो । तालिमले उद्यमशील बनाउनाका साथै आयआर्जनमा वृद्धि गर्ने भएकाले आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष थिङले सहभागीलाई आग्रह गरे। 

स्थानीय महिलाको माग र आवश्यकताका आधारमा स्थानीय उत्पादनमार्फत उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरिएको भन्दै तालिमपश्चात् महिला स्वरोजगार हुनाका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर बन्ने उहाँले विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहमा उत्साह छाएको बताए। स्थानीय उत्पादन र सीपको मूल्यांकन गरी सहयोगी निकाय तथा पालिकाको समन्वयमा उत्पादनशील कार्यमा पालिका सधैँ साथमा रहने उनको भनाइ छ ।

    

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : २१ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण