देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना « Khabarhub

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले सोमबार देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।

विभिन्न ७ बुँदे मागहरू अघि सारेर आन्दोलनरत युनियनले सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म केन्द्रदेखि जिल्लासम्म रहेका तीनै तहका महासंघका कार्यालयहरुमा धर्ना दिएको हो ।

युनियन विधि र प्रक्रियाविपरीत सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने, जिल्ला र प्रदेशबाट सिफरिस गरेका र सदस्यता लिने मापदण्ड तथा योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गरिनुपर्ने, नवीकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको सदस्यता नवीकरण गर्नुपर्नेलगायतका ७ बुँदे माग अघि सारेर प्रेस युनियनले शुक्रबार रातिबाट आन्दोलन गर्दै आएको छ ।

प्रेस युनियनले शनिबार महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरु र जिल्ला कार्यालयहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि पनि माग सुनुवाइ नभएको भन्दै प्रेस युनियनले सोमबार कार्यालयहरुमा धर्ना दिएको हो ।

यसैबीच नेपाली कांग्रेसकी कार्यकर्ता मीना ढकालले पनि प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा युनियनकर्मीले दिएको धर्नाको तस्बिर फेसबुकमा राखेकी छन् ।

उक्त तस्बिरमा युनियका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितका पदाधिकारीहरू पंक्तिमा देखिन्छन् ।

उनी धर्नाको तेस्रो पंक्तिमा बसेको तस्बिरमा देखिन्छ । हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध बिच्छेद गरेपछि मीना सामाजिक सञ्जालहरुमा बेलाबेला चर्चामा आइरहन्छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मीना ढकाल नौलो नाम होइन । बेलाबेला उनले लेखेका फेसबुक स्टाटसदेखि टिकटकसम्म भाइरल भइरहेका हुन्छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ११ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी