‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’ « Khabarhub

‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन सरकार लिसोभन्दा पनि दह्रो भएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रमुख सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेससँग संवाद बढाइरहेका बेला दाहालले अहिले सरकार तलमाथि हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।

‘यो सरकार लिसोभन्दा पनि दह्रो भएको छ, बलियोसँग टाँसिएको छ, यो गठबन्धन झन् दह्रो भएको छ’, दाहालको भनाइ उद्धृत गर्दै एकजना मन्त्रीले खबरहबसँग भने, ‘बाहिर आएका हल्ला गठबन्धनविरोधीहरूले चलाएका हुन् ।’

उनले मन्त्रीहरूलाई ढुक्कसँग काम गर्न पनि निर्देशन दिए । ‘तपाईंहरू नआत्तिनु होला, यो गठबन्धन पूराका पूरा चल्छ’, उनले भने, ‘बाहिर आएका हल्लाहरूलाई वास्ता नगरी आफ्नो काममा लाग्नुस्, दायाँबायाँ केही सोच्नु पर्दैन ।’

दाहालले सञ्चारमाध्यममा आएका कुरालाई हल्लाका रुपमा मात्रै बुझ्न पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, दाहालले भने, ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ । हामी सबै कुरामा संवादमै छौँ । वार्ता चलिरहेको छ । यो गठबन्धन लामै समय जान्छ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : २३ बजे

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई

शंकर पोखरेलको गृहजिल्लामा एमालेभित्र भाँडभैलो, योग्यता नै नपुगेका ८ जना महाधिवेशन प्रतिनिधि

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा महाधिवेशन प्रतिनिधि

एमाले महाधिवेशन : उद्‌घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको