‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’ « Khabarhub

‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन सरकार लिसोभन्दा पनि दह्रो भएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रमुख सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेससँग संवाद बढाइरहेका बेला दाहालले अहिले सरकार तलमाथि हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।

‘यो सरकार लिसोभन्दा पनि दह्रो भएको छ, बलियोसँग टाँसिएको छ, यो गठबन्धन झन् दह्रो भएको छ’, दाहालको भनाइ उद्धृत गर्दै एकजना मन्त्रीले खबरहबसँग भने, ‘बाहिर आएका हल्ला गठबन्धनविरोधीहरूले चलाएका हुन् ।’

उनले मन्त्रीहरूलाई ढुक्कसँग काम गर्न पनि निर्देशन दिए । ‘तपाईंहरू नआत्तिनु होला, यो गठबन्धन पूराका पूरा चल्छ’, उनले भने, ‘बाहिर आएका हल्लाहरूलाई वास्ता नगरी आफ्नो काममा लाग्नुस्, दायाँबायाँ केही सोच्नु पर्दैन ।’

दाहालले सञ्चारमाध्यममा आएका कुरालाई हल्लाका रुपमा मात्रै बुझ्न पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, दाहालले भने, ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ । हामी सबै कुरामा संवादमै छौँ । वार्ता चलिरहेको छ । यो गठबन्धन लामै समय जान्छ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : २३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित