पञ्चेबाजा संरक्षणमा जुटे तुलसीपुरका महिला « Khabarhub

पञ्चेबाजा संरक्षणमा जुटे तुलसीपुरका महिला


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ – पहिलेपहिले तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विवाह व्रतबन्ध हुँदा पञ्चेबाजा  बजेका सुनिन्थे तर धेरै समय भयो अचेत यहाँका गाउँघरमा त्यस्ता बाजा गुञ्जिन छाडेका छन् । यस्तो कर्म गर्ने पुरुषले पनि आजभोलि बाजा बजाउने रुचि देखाउँदैनन्, त्यसैले पञ्चैबाजा बजाउने संस्कृति नै लोपहुने अवस्थामा पुगेको छ ।

यही चिन्ताले उपमहानगरपालिका–४ का महिला केही समययता पञ्चैबाज संरक्षण अभियानमा जुटेका छन् । यहाँस्थित जनचेतना आमासमूहले पञ्चैबाजा खरिद गरेर विवाह, व्रतबन्ध, पूजाआजामा बाजा घन्काउन थालेका छन् । यसले पञ्चैबाजा संरक्षण मात्र नभई आयआर्जनमा टेवा पुगेको स्थानीयको भनाइ छ ।

सो समूहमा आबद्ध महिला दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइसहित छिल्लर तथा मादल किनेर व्यावसायिकरुपमा पञ्चैबाजा संरक्षण अभियानमा जुटेका अध्यक्ष कस्तुरा खड्काले बताए । “पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा पञ्चैबाजा बज्थे तर पछिल्लो समय यहाँका गाउँघरमा ती बाजा बज्न छाडेका छन् । त्यसैले हामीले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर यो अभियान सुरुआत गरेका छौँ”, उनले भने ।

गत वर्षको भैलो खलेर सङ्कलन गरिएको रु एक लाख ४० हजारबाट पञ्चैबाजाका खरिद गरेर र एक वर्षसम्म बाजा बजाउन सिकेको अध्यक्ष खड्काले बताए। “कहिलेकाहीँ मात्रै बजाउथ्यौँ, विवाह, व्रतबन्ध भएमा बोलाएको ठाउँमा जान्थ्यौँ, त्यसो गर्दागर्दै बजाउन सिकियो”, उनले भने, “अहिले भने यहाँ हुने अधिकांश विवाह, व्रतबन्ध, पूजा, मृत्यु संस्कारलगायत कार्यक्रममा हामी नै रोजाइमा पर्न थालेका छौँ ।”

समूहले पञ्जैबाजा बजाउँदा लाग्ने पारिश्रमिकको यकीन मूल्य भने तोकेको छैन तर बाजा बजाएमा विवाहमा रु १० हजार, पूजामा रु पाँच हजार, मृत्यु संस्कारमा रु पाँच हजार दिने गरिएको छ । अहिलेसम्म मूल्य तोकेर शुल्क नदिने गरे पनि अब भने निश्चित दर निर्धारण गर्ने समूहको योजना छ । यस समूहमा हाल २५ जना आबद्ध छन् ।

समूहमा आबद्ध महिलाले सामूहिकरुपमा अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा हुने झै–झगडा, पारिवारिक बेमेल, महिला हिंसाजस्ता घटनामा यो समूहले सक्रियता देखाउने गरेको छ । अध्यक्ष खड्काले भने, “पञ्चैबाजा संरक्षण गर्ने हाम्रो मुख्य उदेश्य हो तर पछिल्लो समय गाउँमा हुने झै–झगडा मिलाइदिन पनि अनुरोध आउने गरेको छ । यो हामीमाथिको विश्वास पनि हो ।”

सधैँ चुलोचौकोमा सीमित हुने यहाँका महिला पञ्चैबाजा संरक्षणमा अग्रसर हुँदा उहाँहरुलाई हेर्ने सामाजिक दृष्टिकोण पनि बदलिँदै गएको धेरैको बुझाइ छ । सामाजिक काममा लाग्दा समाजले र आर्थिकोपार्जन हुँदा परिवारबाट पाउने सम्मानले समूहमा आबद्ध महिला दङ्ग छन् ।

यो अभियानको निरन्तरता र हौसलाका लागि तुलसीपुर उपमहानगरपालिकाले पनि पञ्चैबाजा संरक्षणमा सहयोग पुग्नेगरी थोरै भए पनि बजेट विनियोजन गरको गर्नेका लागि नगरपरिषद्बाट केही रकम विनियोजन गरेको अध्यक्ष खड्काले बताए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ०५ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध