दक्षिण कोरिया सामसुङका कामदारहरूद्वारा तत्काल हडताल घोषणा « Khabarhub

दक्षिण कोरिया सामसुङका कामदारहरूद्वारा तत्काल हडताल घोषणा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सोल – तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तत्काल हडतालमा जाने घोषणा गरेका छन् ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वु–मोकले भने, “हाम्रा माग पूरा नभएसम्म हामी ‘नो पे नो वर्क’ आम हडतालमार्फत लड्नेछौँ ।” यो कदम जुनमा एक दिनको वाकआउट पछ्याइएको कम्पनीमा पहिलो यस्तो सामूहिक कार्य हो जुन दशकौंसम्म युनियनबिना चलेको थियो ।

सनले भने, “सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूलाई भर्खरको प्रस्तावले करिब २८ हजार कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनका सबै सदस्यलाई निराश बनाएको ।”

कम्पनीले यही वर्षको जुनको हडतालअघि कामदारको तलब पाँच दशमलव एक प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

हालको प्रस्तावलाई अस्वीकार गर्दै युननिय प्रमुखले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राखे ।

सामसुङ इलेक्ट्रोनिक्स संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरूमध्ये एक हो । यो भिडियो, आर्टिफिसियल इन्टेलिजेन्स हार्डवेयरसहित जेनेरेटिभ एआईका लागि प्रयोग गरिने उच्च–अन्त मेमोरी चिपहरू उत्पादन गर्ने विश्वव्यापी रूपमा कम्पनीहरूमध्ये एक हो ।

युनियनका उपाध्यक्ष ली ह्युन–कुकले सोमबार एएफपीलाई भने, “हामीलाई कम्पनीबाट अहिलेसम्म कुनै आधिकारिक सञ्चार प्राप्त भएको छैन कि उनीहरूले हाम्रो हडतालको घोषणा पाएका छन् ।”

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : १० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा