घनश्यामलाई अघि सार्दै रामकुमारी, राजेन्द्रले भेटेनन् माधवको विकल्प « Khabarhub

घनश्यामलाई अघि सार्दै रामकुमारी, राजेन्द्रले भेटेनन् माधवको विकल्प


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन प्रज्ञा भवन कमलादीमा दुई दिनदेखि जारी छ ।

दशौँ महाधिवेशनमा समाजवादीका सचिवद्वय रामकुमारी झाँक्री र राजेन्द्र राई स्क्रिप्ट लेखनकर्ताका रूपमा काम गरिरहेका छन्।

उनीहरू एकीकृत समाजवादीका सेलिब्रिटी नेता पनि हुन्। पूर्वसहरी विकास मन्त्री झाँक्री अध्यक्ष माधव नेपालसँग सुरुदेखि नै असन्तुष्ट छिन् । ६ महिनामै मन्त्रीबाट हटाइएपछि रुष्ट उनी र अध्यक्ष नेपालबीचको सम्बन्ध अझै सुमधुर हु्न सकेको छैन ।

रामकुमारी यस पटकको महाधिवेशनमा नेपाललाई रोकेर महासचिव भुसाललाई अध्यक्ष बनाउनुपर्ने लविइङमा रहेको उनीनिकटस्थहरू बताउँछन् ।

तर कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राई भने तत्काल माधवकुमार नेपालको विकल्प नभएको बताइरहेका छन् ।

यति मात्रै होइन, समाजवादीमा भुसाल अध्यक्षको दाबेदारका रुपमा आए आफू पनि उनीसँग प्रतिस्पर्धामा उत्रिने बताइरहेका छन् ।

माधव नेपालले नेकपा एमालेबाट विद्रोह गरेर जन्माएको पार्टी भएकाले त्यसको औचित्य पुष्टि हुन बाँकी रहेकाले अहिले उनको विकल्प नभएको दाबी राईको छ ।

तर रामकुमारी भने पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउन माधव नेपाल असफल भइसकेकाले अब विकल्पमा जानुपर्ने पक्षमा उभिएकी छन् ।

उनले अब पार्टीको नेतृत्व घनश्याम भुसालले गर्नुपर्ने बताउँदै आएकी छन् । रामकुमारीले भुसालकै नेतृत्वमा एकीकृत समाजवादीलाई नयाँ उचाइमा पुर्‍याउन सकिने निष्कर्ष निकालेकी छन् ।

यदि भुसाल अध्यक्षको उम्मेदवारका रुपमा मैदानमा उत्रिए आफू महासचिवका लागि प्रतिस्पर्धाका लागि तयार रहेको जनाउ उनले दिइसकेकी छन् ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षको दाबीबाट औपचारिक रुपमा मैदान छाडिसकेका छैनन् । तर उनले आन्तरिक निर्णय गरिसकेकाले माधव नेपालले पनि राहत महसुस गरेका छन् ।

यस्तोमा अब एकीकृत समाजवादीमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच नेतृत्वको प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । एकथरीले भने सहमतिबाटै माधव नेपाललाई अध्यक्ष बनाउन लबिइङ गरिरहेका छन् ।

सचिव झाँक्री भने अहिले पनि पार्टीमा विकल्प नखोजे क्षयीकरण हुँदै गएर ०८४ को चुनावमा एकदुई सिट पनि नजित्ने दाबी गर्छिन् ।

उनी भुसाललाई अध्यक्षमा जिताएर महासचिव बन्न औपचारिक रूपमै लबिइङमा लागिसकेकी छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : १७ बजे

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर– कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली