कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ? « Khabarhub

कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ?


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक जना कलाकार सक्रिय रहने समय १० वर्ष हो’ भन्ने भाष्य पुरानै हो । विगततिर हेर्दा केही हदसम्म त्यसमा सत्यता रहेको पनि पाइन्छ ।

६० र ७० को दशकमा उत्कर्षमा रहेका नायक-नायिक धेरै विदेश पलायन भएका छन् । बहुसंख्य खलनायक त के गर्दैछन् भन्ने पनि थाहा छैन ।

नेपालमै रहेका धेरै वरिष्ठ कलाकार अहिले सक्रिय छैनन् । उनीहरु फाट्टफुट्ट फिल्ममा देखिन्छन् । अभिनय नगरे पनि फिल्मको दुनियाँबाट टाढा छैनन् ।

कुनै समय चर्चामा रहेका कलाकार कमब्याकको तयारीमा छन् । जानौँ ती को-को हुन् ?

‘एक्टर’बाट राजबल्लभ

अभिनेता राजबल्लभ कोइराला ११ वर्षपछि फिल्म छायांकनमा सहभागी भए । उनको अभिनय रहेको फिल्म ‘एक्टर’को प्रदर्शन मिति कात्तिक १५ गतेलाई तोकिएको छ ।

छायांकनका लागि नेपाल आएका कोइराला अहिले अमेरिका फर्किसेकका छन् । ‘एक्टर’ निर्देशक राजन भुसालका अनुसार उनी फिल्म प्रदर्शनका बेला नेपाल आउने तालिका छ ।

कोइरालाको पछिल्लो फिल्म वि.सं. २०७० मा प्रदर्शनमा आएको ‘६ एकान ६’ हो ।

त्यस्तै, नेपालमै रहे पनि अभिनेता राजेश हमाल लामो समयदेखि फिल्ममा देखिएका छैनन् । यद्यपि, उनी विभिन्न कार्यक्रम र विज्ञापनमा व्यस्त छन् । म्युजिक भिडियो पनि खेलिरहेका छन् ।

हमाल ‘शकुन्ता’पछि फिल्ममा देखिएका छैनन् । त्यो फिल्म २०७३ भदौ १० गते प्रदर्शनमा आएको थियो । तर, निर्माणाधीन ‘एक्टर’मै उनलाई दर्शकले देख्न पाउने प्रवल सम्भावना छ ।

‘एक्टर’निकट स्रोत भन्छ, ‘राजेश दाइको केमियो रोल छ । उहाँ सकारात्मक हुनुहुन्छ । समय मिल्नेबित्तिकै छायांकन हुन्छ ।’

‘ह्रस्व दीर्घ’मा विपना

नायिका विपना थापा ५० को अन्तिम र ६० को सुरुवातकी स्टार नायिका हुन् । भारतमा घरजम गरेकी उनी १७ वर्षदेखि फिल्मबाट टाढै थिइन् ।

उनी अहिले छायांकनरत फिल्म ‘ह्रस्व दीर्घ’मा एक प्रमुख भूमिकामा छिन् । त्यस फिल्ममा उनले आफ्नो अंशको छायांकन गरिसकेकी छन् ।

फिल्म ‘संघर्षको जिन्दगी’मा अभिनय गरेको १७ वर्षपछि उनी ‘ह्रस्व दीर्घ’मा अनुबन्ध भएकी हुन् । यो फिल्म असोज ३ गते प्रदर्शनमा आउँदै छ ।

‘तेल भिसा’मा यी कालकार

नायिका ऋचा घिमिरे ६० को दशककी ‘स्टार’ नायिका हुन् । उनी ‘ब्ल्याक ब्युटी’ उपमाले परिचित थिइन् ।

२०६९ मा प्रदर्शनमा आएको ‘तुलसी’ उनको पछिल्लो फिल्म हो । उनी हाल अमेरिकामा बसोबास गर्छिन् ।

अमेरिकामै छायांकन भएको फिल्म ‘तेल भिसा’बाट उनी अभिनयमा फर्किने भएकी छन् । उनी हाल फिल्मकै दौरान काठमाडौं आएकी छन् ।

‘तेल भिसा’बाट अभिनयमा फर्किने उनी मात्रै होइनन् । नायक सुशील क्षेत्रीको पनि अभिनय छ । यद्यपि उनी यस फिल्ममा छोटो भूमिकामा देखिने बताइएको छ ।

‘आगो’ फिल्मबाट ठूलो पर्दामा आएका सुशीलले १०० भन्दा बढी अभिनय गरेका छन् । दर्जनौं हिट फिल्म दिएका उनी पाँच वर्षभन्दा लामो समयदेखि अभिनयबाट टाढा छन् ।

पाँच वर्षपछि आइन् अनु

नायिका अनु शाह ५ वर्षपछि ठूलो पर्दाको अभिनयमा फर्किँदै छिन् । उनी नेपालमै रहे पनि फिल्ममा काम गरेकी छैनन् । यद्यपि म्युजिक भिडियोमा कहिलेकाहीँ देखिइरेहकी हुन्छिन् ।

आगामी साउन ११ बाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’ मा उनी देखिने निश्चित छ । यो फिल्मको प्रचारमा अनु व्यस्त छिन् । राम्रो फिल्मको पर्खाइले फिल्मबाट विश्राम लिए जस्तो देखिएको उनको तर्क छ ।

भन्छिन्, ‘अफर त आएको थियो । विभिन्न कारणले गरिनँ । राम्रो फिल्मको पर्खाइमा थिएँ ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ०१ बजे

प्रधानमन्त्रीको फेसबुक पोस्टले होइन, कानुनी प्रक्रियाले कर हटोस् : रविकिरण

काठमाडौं– जेन-जी आन्दोलनका नेता रविकिरण हमालले सामाजिक सञ्जालमार्फत शिक्षा र

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र