गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश | Khabarhub Khabarhub

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब बन्ने सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बलियो ढंगले अघि बढ्नु पर्ने बताए।

‘कुनै पनि फाइलहरुमा कुनै आग्रह, पूर्वाग्रह कसैका बारेमा राख्नुहुँदैन । भ्रष्टाचारलाई नियन्त्रण गर्ने सन्दर्भमा सबैभन्दा पहिला कानुन बनाउने कांग्रेस हो,’ महामन्त्री शर्माले भने, ‘अहिले बन्दै गरेको गठबन्धनले पनि भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा बलियो ढंगले कार्य गर्नुपर्छ ।’

शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता समीकरण परिवर्तन भएको भनेर दिएको अभिव्यक्तिको खण्डन गरे ।

गृहमन्त्री लामिछानेले मंगलबारमात्रै भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाएका थिए ।

‘अब साथीहरुलाई के लाग्ला भने भ्रष्टाचारको फाइल खोल्दै थियौँ, त्यसकारण सरकारबाट हटाइयो । अहिले पनि हुनुहुन्छ त गृहमन्त्री,’ उनले भने, ‘आज साँझसम्म गृहमन्त्री हुनुहोला, प्रधानमन्त्रीले राजीनामा दिनुभएमा । नदिनुभएमा एक महिना हुनुहोला ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ३५ बजे

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक

बिमा प्राधिकरणले गर्‍यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा

जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य